शनिबार, आषाढ २७, २०७७ साल

लोकप्रियको अभियानमा केके बेकरीको सहयोग

लाेकप्रिय सन्देश २०७७ जेष्ठ १७ गते 770

नेपालगञ्ज, जेठ १७ ।  नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी तथा केके बेकरीका संचालक अतुल गुप्ताले लोकप्रिय सन्देश दैनिकले संचालन गरेको अभियानका लागि सहयोग गर्नुभएको छ ।

लोकप्रिय सन्देश दैनिकले पत्रिका वितरक तथा संचारकर्मीको सहयोगका लागि संचालन गरिरहेको अभियान अन्तर्गत विपी चोक कमिटीका सदस्य गुप्ताले सहयोग गर्नुभएको हो । उहाँले पाँचजनाका लागि आवश्यक खाद्यान्न (१० किलो चामल, १ किलो दाल, एक किलो नुन, दुई किलो आलु, एककिलो  प्याज, एउटा साबुन र एक प्याकेट खाने तेल ) सहयोग गर्नुभएको पत्रिका प्रबन्धक दिनेश ठाकुरले जानकारी दिनुभयो । 

 


    तपाईको प्रतिक्रिया

    Copyrights © 2020 Lokpriyanews

    Saturday, Jul 11, 2020

    कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

    सम्पादक : गोविन्द शर्मा

    सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१