आईतवार, कार्तिक ९, २०७७ साल

खजुराका क्वारेन्टाईनमा बस्नेलाई दही खुवाइयो

लाेकप्रिय सन्देश २०७७ जेष्ठ १९ गते 1.82K

खजुरा, जेठ १९ । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ मा क्वारेन्टाईनमा बसिरहेका ब्यक्तिहरुलाई सोमबार वडा कार्यालयको समन्वयमा दही खुवाइएको छ ।    जनता दुग्ध उत्पादक सहकारी सस्था खजुराले क्वारेन्टिनमा बसेकाहरुलाई विहान दहि वितरण गरेको हो । खजुरा गाउँपालिका वडा नम्बर ३, ४ र ८ मा रहेका क्वारेन्टिनमा व्यवस्थापन गरिएकाहरु र व्यवस्थापन समिति, स्वयम सेवकहरुलाई सस्थाले दही वितरण गरेको हो । खजुरा ४ मा ४ वटा क्वारेन्टाईन छन् ।

वडा नम्बर ४ मा ४ सय प्याकेट, ३ नम्बरको घिया मनकामना र ८ नम्बर वडाको रनियापुरमा ८० प्याकेट दहि उपलव्ध गराइएको व्यवस्थापक गौरब सापकोटाले जानकारी दिनुभयो । वडा अध्यक्ष तिलकवीर सुनारले संस्थालाई सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै जनप्रतिनिधीहरु क्वारेन्टाईन ब्यवस्थापनमा लागिपरेको बताउनुभयो । मनकामना नेपाल राष्ट्रिय आधारभुत विद्यालय ईगाउँमा वडा सदस्य दलबहादुर बिसी लगायतको उपस्थिती थियो । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Sunday, Oct 25, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१