मंगलवार, आषाढ २३, २०७७ साल

क्वारेन्टाइनमा नेकपा नेता उप्रेतीको सहयोग

लाेकप्रिय सन्देश २०७७ जेष्ठ २० गते 262
नेपालगन्ज,जेठ २० । नेकपा बाँकेका नेता अर्जुन उप्रेतीले मंगलबार खजुराको सि गाउँस्थित विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेकालाई दिउसोको नास्ताको ब्यवस्था गर्नुभएको छ । वडा सदस्य नन्दलाल गुर्तालको समन्वयमा उप्रेतीले ६० जनालाई प्रतिब्यक्ती दुइवटा अन्डा, एक बोटल पिउने पानी र एउटा बिस्कुट उपलब्ध गराइएको उप्रेतीले बताउनुभयो । सो अवसरमा नेकपा नेता लाल बहादुर खत्री,होमनाथ सापकोटा लगायत उपस्थित हुनुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    Copyrights © 2020 Lokpriyanews

    Tuesday, Jul 07, 2020

    कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

    सम्पादक : गोविन्द शर्मा

    सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१