शनिबार, आषाढ २७, २०७७ साल

मोटरसाईकलमा समेत जोर विजोर प्रर्णाली

लाेकप्रिय सन्देश २०७७ आषाढ ३ गते 847

 जिल्ला प्रशासन कार्यालय बाँकेले मोटरसाईकलमा समेत जोर विजोर प्रर्णाली लागु गरेको छ । प्रशासनले सूचना जारी गरि जोर गतेको दिनमा जोर नम्बर र विजोर गतेको दिनमा विजोर नम्बर मात्रै संचालन गर्न आग्रह गरेको छ । यसैगरी अत्यावश्यक कामबाहेक अटो रिक्साको प्रयोग गर्न नपाइने प्रशासनले जनाएको छ । कोरोना भाईरसको जोखिम यथावत रहेकाले अत्यावश्यक कामवाहेक घर बाहिर ननस्किन आग्रह गरिएको छ ।  पसल ब्यवसाय संचालनका लागि समेत भौतिक दुरी कायम राखी स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्न आग्रह गरिएको छ ।  


    तपाईको प्रतिक्रिया

    Copyrights © 2020 Lokpriyanews

    Saturday, Jul 11, 2020

    कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

    सम्पादक : गोविन्द शर्मा

    सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१