आईतवार, कार्तिक ९, २०७७ साल

क्लियर टिभीमा अनलाइन कक्षा सुरु

लाेकप्रिय सन्देश २०७७ आषाढ ४ गते 1.08K

नेपालगञ्ज, असार ४ ।  नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रा.लि.ले अहिलेको परिस्थितिमा बिद्यार्थी बर्गहरुको पठन पाठनमा अबरोध नहोस भनि क्लियर टिभी सेवामा ई-कक्षा प्रसारण सुरु गरेको छ । ई-कक्षा क्लियर टिभीको २९३ नम्बर च्यानलमा प्रसारण भईरहेको छ । कक्षा ४ देखि १० सम्मका बिद्यार्थीलाई अहिलेको समयमा उपयोगीमुलक शैक्षिक सेवा दिनका निम्ति डियर वाल्क इन्स्टिच्यूट अफ टेक्नोलोजीले तयार पारेको शैक्षिक  सामाग्रीलाई समाबेश गरि च्यानलको प्रसारण सुरु गरिएको हो । विज्ञान,सामाजिक शिक्षा,अंग्रेजी, गणित र नेपालीको पाठ्यक्रम समावेश गरिएको ई-कक्षा सोमबार देखि शुक्रबारसम्म बिहानको ११ बजेदेखि हुने गरेको छ । बिद्यार्थीबर्गका निम्ति यो कार्यक्रम निकै नै लाभदायक रहने विश्वास लिइएको छ । क्लियर टिभीको २९३ नं च्यानलमा थप जानकारी प्राप्त गर्न सकिने भएको छ । 

क्लियर टिभीका बारेमा
 क्लियर टिभी सुबिसु केबलनेट प्रा. लि., नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनीको उत्पादन हो । यो नेपालको पहिलो डिजिटल केवल टिभी सेवा हो । जसले MPEG4 Standard Definition / High Definition channels  केबल मार्फत, Conditional Access System(CAS) को प्रयोग गरि Set Top Box को माध्यमबाट प्रसारण गर्दछ ।

 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Sunday, Oct 25, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१