मंगलवार, आषाढ २३, २०७७ साल

नेपालगञ्जको कारकादौंमा वडाले बाड्यो विपन्न वस्तीमा सोलार

लाेकप्रिय सन्देश २०७७ आषाढ ४ गते 1.44K

नेपालगञ्ज,असार ४ । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १८ स्थित शान्तिनगर टोल नयाँवस्तीमा बसोबास गर्दै आईरहेका  विपन्न समुदायका लागि वडा कार्यालयले सोलार प्यानल वितरण गरेको छ । वडा अध्यक्ष दीपक वर्माले नगरभित्रैको वस्तीका बासिन्दा अध्यारोमा बस्न नपरोस भनेर सोलार  प्यानल सहयोग गरेको जानकारी दिनुभयो । विपन्न समुदायको बस्ती भएकाले नागरिकहरु अहिले पनि अध्यारोमा बस्न बाध्य थिए, वडा अध्यक्ष वर्माले भन्नुभयो,– सोलारमार्फत भएपनि सहयोग गरौं भनेर वडाको पहलमा संघीय मामिला मन्त्रालयमार्फत सहयोग गरिएको हो । स्थानीय पुर्णे सुनारले  वस्तीमा धेरैजसोको घरमा विद्युत मिटर नभएको बताउनुभयो । अधिकाँशको ऐलानी जग्गामा घर भएका कारण मिटर नपाएपछि छिमेकीको घरबाट लाईन तानिएको छ , उहाँले भन्नुभयो,–अब वडाले सहयोग गरेपछि सबैको घर झलमल हुने भयो । 


अर्का स्थानीय धनवहादुर बिटालुले  ऐलानी जग्गामा घर भएका कारण धेरैले मिटर नपाएको बताउनुभयो । आर्थिक अवस्था कमजोर भएका परिवारले पनि मिटर राख्न सकेका छैनन, उहाँले भन्नुभयो,– अब सोलारले राहत हुने भयो ।  स्थानीय कर्णे सुनारले  विपन्न वस्तीमा सोलार सहयोग गरेकोमा वडा अध्यक्ष लगायत वडा कार्यालयप्रति वस्तीका बासिन्दा आभारी भएको बताउनुभयो । वस्तीका ५४ घरपरिवारलाई पुग्ने गरि सोलार प्यानल वितरण सुरु गरिएको  वडा अध्यक्ष वर्माको भनाई छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत तराई–मधेस समृद्धि विकास कार्यक्रम अन्तर्गत गरिव, मधेसी, मुस्लिम तथा पिछडिएको क्षेत्रमा वैकल्पिक उर्जाको योजना वडा कार्यालयले ल्याएको हो । कार्यक्रम अन्तर्गत २५९ सोलार जडान गर्ने वडा कार्यालयको योजना रहेको छ । 


    तपाईको प्रतिक्रिया

    Copyrights © 2020 Lokpriyanews

    Tuesday, Jul 07, 2020

    कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

    सम्पादक : गोविन्द शर्मा

    सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१