मंगलवार, आषाढ २३, २०७७ साल

शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमित गर्भवती महिलाको सफल शल्यक्रिया

लाेकप्रिय सन्देश २०७७ आषाढ ६ गते 205

नेपालगञ्ज, असार ६ गते । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा भर्ना भएकी गर्भवती महिलाको शनिबार सफल शल्यक्रिया गरिएको छ । अस्पतालका सहनिर्देशक डा. नितेश कनोडियाका अनुसार रुपन्देहीको सिद्धार्थनगरस्थित भीम अस्पतालबाट शुक्रबार रिफर गरेर ल्याइएकी कपिलवस्तु कृष्णनगरकी २७ वर्षीया गर्भवती महिलाको शनिबार बिहान शल्यक्रिया गरिएको हो । आमा र नवजात शिशु दुवैको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ । अस्पतालका प्रसुती विशेषज्ञहरू डा. कविता सिन्हा, डा. अमरेन्द्र कुशवाहा, बालरोग विशेषज्ञ डा. राजेश केसी, एनेस्थेसियोलोजिस्ट डा. रविन श्रेष्ठ, सहायक एनेस्थेसियोलोजिस्ट सङ्गीता गिरी, नर्सहरू सरस्वती श्रेष्ठ र पवित्रा विष्टको टोलीले शल्यक्रिया गरेको थियो । अस्पतालका अनुसार शल्यक्रियाबाट दुई किलो ४०० ग्रामको स्वस्थ्य शिशुको जन्म भएको छ ।  चिकित्सक र स्वास्थ्यकर्मीले कोरोना पोजिटभको उच्च मनोबलका साथ उपचारमा संलग्न भएको भन्दै विरामीका आफन्तले धन्यवाद दिएका छन् । 

एक महिनाअघि मुम्बईबाट फर्किएर बुटवलस्थित क्वारेन्टाइनमा बसेकी महिलाको पीसीआर परीक्षण गर्दा जेठ ३० कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि  शिक्षण अस्पतालमा अछामको बयलपाटा अस्पतालबाट रिफर भई आएकी कोरोना पोजिटिभ २५ वर्षीया  गर्भवती महिलाको सफल शल्यक्रिया गरिएको थियो ।  कोरोना पोजिटिभ विरामीको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र सहयोगीलाई क्वारेन्टाईनमा राख्ने गरिएको छ । हालसम्म ९० जना चिकित्सक, स्वास्थ्यकर्मी र सहयोगीलाई क्वारेन्टाईनमा राखिएको छ । पटक–पटक अस्पतालका विभिन्न वार्ड एकदिनका लागि सील भएका छन् । 


    तपाईको प्रतिक्रिया

    Copyrights © 2020 Lokpriyanews

    Tuesday, Jul 07, 2020

    कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

    सम्पादक : गोविन्द शर्मा

    सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१