मंगलवार, आषाढ २३, २०७७ साल

बाँकेमा नयाँ प्रहरी प्रमुखको उद्घोष–न्याय नपाए मकहाँ आउनुस, तत्काल सम्बोधन हुन्छ ।

लाेकप्रिय सन्देश २०७७ आषाढ ८ गते 1.23K

नेपालगञ्ज, असार ८ । जिल्ला प्रहरी कार्यालय बाँकेको प्रमुखको रुपमा सरुवा भई आउनुभएका प्रहरी उपरीक्षक ओमबहादुर रानाले पीडितलाई न्याय दिलाउन कुनै असर बाँकी नराख्ने बताउनुभएको छ ।  न्यायका लागि प्रहरी यूनिटमा जानुस, जिल्ला प्रहरी कार्यालय बाँकेमा सोमबार आयोजित पत्रकार भेटघाटमा प्रहरी उपरीक्षक रानाले भन्नुभयो,– प्रहरी यूनिटबाट पनि न्याय नपाएको अनुभुति भए मकहाँ आउनुस, तत्काल एक्सन लिइने छ ।

उहाँले बाँकेमा शान्ति सुरक्षा र अमनचयन कायम राख्नका लागि सम्पूर्ण जिल्लाबासीको साथ, सहकार्य र समन्वय आवश्यक भएको बताउनुभयो । सो अवसरमा प्रहरी प्रमुख रानाले १७ बुँदे प्राथमिकता पत्र सार्वजनिक गर्नुभएको छ । प्राथकिता अनुसार एक महिनादेखि ३ महिनासम्म जिल्लाबासीले अनुभुती पाउने गरि परिवर्तन हुने उहाँको भनाई छ । 


    तपाईको प्रतिक्रिया

    Copyrights © 2020 Lokpriyanews

    Tuesday, Jul 07, 2020

    कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

    सम्पादक : गोविन्द शर्मा

    सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१