मंगलवार, आषाढ २३, २०७७ साल

नेपालगञ्जको एक्लैनी बिस्तार गर्दै वडाध्यक्ष सिद्धिकी

लाेकप्रिय सन्देश २०७७ आषाढ १२ गते 1.34K

नेपालगञ्ज,असार १२ ।  नेपालगञ्जको पुरानो बजार र वस्तीको रुपमा भएको एक्लैनी सडकको विस्तार कार्य अन्तिम 
चरणमा पुगेको छ । वडा नम्बर ३ का वडाध्यक्ष मो. अयुव सिद्धिकीले आफुहरुको तीनवर्षदेखिको मेहनत सफल  हुनेक्रममा रहेको जानकारी दिनुभयो । विगतमा ३÷४ मिटर मात्रै चौडाईको रहेको एक्लैनीको सडक अब एक मिटर नाली सहित ७ मिटर फराकिलो बनाउन थालिएको छ ।  एक्लैनी सडक विस्तारका लागि करिब दुईसय वटा घर भत्काउनुपरेको वडा अध्यक्ष सिद्धिकीले बताउनुभयो । 


एक्लैनीमा सडक विस्तारका लागि अब केही घरहरु मात्रै भत्किन बाँकी रहेको वडा अध्यक्ष सिद्धिकीको भनाई छ ।  अयुव हल्वाईको घरदेखि वडा नम्बर ३ र ८ को सीमासम्म करिब तीनसय मिटर सडक विस्तार कार्य हाल धमाधम भईरहेको छ । सडक विस्तारका लागि  वडा कार्यालयले सर्वदलीय बैठकदेखि टोल भेला सम्म गरेको थियो । धेरै घरहरु भत्काउनु पर्ने भएपछि सडक विस्तारका लागि सुरुमा चुनौती थियो,– वडाध्यक्ष सिद्धिकीले भन्नुभयो,– एक्लैनीसँगै अन्य सडक र नाली निर्माणमा पनि ध्यान दिइएको छ । अव्यवस्थित सडक व्यवस्थापन गर्ने  कार्य चुनावी घोषणापत्रमै उल्लेख छ , वडा अध्यक्ष सिद्धिकीले भन्नुभयो,–सबैको साथ र सहयोगमा अहिले काम सम्पन्न हुनेक्रममा पुगेको छ ।  वडा अध्यरुक्ष सिद्धिकी दुईदशकअघि पहाडी जिल्लामा ब्यवसाय गर्नेक्रममा तत्कालिन नेकपा माओवादीमा आवद्ध हुनुभएको हो । हाल नेकपाको नगर कमिटी सदस्य समेत रहनुभएका सिद्धिकी आफु वडाध्यक्षमा निर्वाचित भएपछि  विकास निर्माणलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुहुन्छ । 


सरसफाईमा वडालाई अव्वल बनाउन विभिन्न कार्ययोजना सहित अघि बढिएको छ , सिद्धिकीले भन्नुभयो,– सडक कालोपत्रे, पिसिसी र नाली निर्माण पनि प्राथमिकतामा छ ।  नियमित डुबानमा पर्ने लक्ष्मी चलचित्र मन्दिरपछाडीको सडक कालोपत्रे भएको छ । रानीतलाउनजिक ऐलानी जग्गा पहिचान गरिएको छ । जहाँ स्वास्थ्य चौकी र वडा कार्यालय भवन बनाईदैछ । 


    तपाईको प्रतिक्रिया

    Copyrights © 2020 Lokpriyanews

    Tuesday, Jul 07, 2020

    कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

    सम्पादक : गोविन्द शर्मा

    सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१