मंगलवार, आषाढ २३, २०७७ साल

बाँकेका आईसोलेसनबाट शनिबार २३ जना डिस्चार्ज

लाेकप्रिय सन्देश २०७७ आषाढ १३ गते 398
फाईल तस्बीर

नेपालगञ्ज,असार १३ । बाँकेमा शनिबार थप १८ जनाले कोरोना जितेर घर फिर्ता हुनुभएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार  खजुरा क्यान्सर अस्पतालबाट २,  नेपालगञ्ज आईसोलेसनबाट १२,  खजुरा आईसोलेसनबाट चारजना गरि १८ जना डिस्चार्ज भएका हुन । यसैगरी  बर्दियाका ५ जना समेत डिस्चार्ज भएका छन् ।


 जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशमान श्रेष्ठका अनुसार,  बाँकेमा ३५२ जना संक्रमित मध्ये २ जनाको मृत्यु भएको छ ।  ३०२ जना निको भई घर फिर्ता हुनुभएको छ ।  ४८ जना आईसोलेसनमा रहेका छन् । बाँकेमा शनिबार कोहलपुर र राप्ती सोनारीमा गरि २ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 


    तपाईको प्रतिक्रिया

    Copyrights © 2020 Lokpriyanews

    Tuesday, Jul 07, 2020

    कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

    सम्पादक : गोविन्द शर्मा

    सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१