शनिबार, आषाढ २७, २०७७ साल

बाँकेमा अवैध क्रसर उद्योग बन्द गर्ने निर्णय

लाेकप्रिय सन्देश २०७७ आषाढ १४ गते 108

नेपालगञ्ज, असार १४ गते ।  बाँकेमा मापदण्ड विपरित संचालनमा रहेका २३ वटा क्रसर उद्योग आईतबारदेखि बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला स्तरीय अनूगमन समितिको आईतबार बसेको बैठकले अवैधरुपमा सञ्चालित क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामवहादुर कुरुम्बाङ्गले जानकारी दिनुभयो ।  जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवको अध्यक्षतामा बसेको बैठकले यसअघि गठन गरिएको समितिको प्रतिवेदनका आधारमा उद्योग बन्द गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गले क्रसर उद्योग बन्दसँगै कारवाही पनि गरिने बताउनुभएको छ ।  घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख जयराम चौधरीका अनुसार बाँकेमा २६ वटा क्रसर र बालुवा प्रोसेसिङ सम्बन्धि उद्योग रहेकोमा तीनवटा मात्रै उद्योगले मापदण्ड पुरा गरि सञ्चालनमा रहेको जानकारी दिनुभयो । 

 


    तपाईको प्रतिक्रिया

    Copyrights © 2020 Lokpriyanews

    Saturday, Jul 11, 2020

    कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

    सम्पादक : गोविन्द शर्मा

    सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१