मंगलवार, आषाढ २३, २०७७ साल

बाँकेमा ३२० जना निको भए, ३० जना मात्रै आईसोलेसनमा

लाेकप्रिय सन्देश २०७७ आषाढ १५ गते 159

नेपालगञ्ज, असार १५ । बाँकेको खजुरा गाउँपालिकाका ३ जना कोरोनालाई जितेर सोमबार घर फिर्ता हुनुभएको छ । नेपालगञ्जको आदर्शनगरमा रहेको आईसोलेसनमा रहेका ३ जना घर फिर्ता हुनुभएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामवहादुर कुरुम्बाङका अनुसार जिल्लामा दुईजना मृतक सहित ३५२ जनामा कोरोना पुष्टि भएकोमा ३२० जना कोरोना जितेर घर फिर्ता भईसक्नुभएको छ । अब बाँकेका आईसोलेसनमा ३० जना मात्रै रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क ब्यक्ति नरेशमान श्रेष्ठले जानकारी दिनुभयो । 

 


    तपाईको प्रतिक्रिया

    Copyrights © 2020 Lokpriyanews

    Tuesday, Jul 07, 2020

    कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

    सम्पादक : गोविन्द शर्मा

    सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१