शुक्रबार, श्रावन ३०, २०७७ साल

आधिकारिक ट्रेड युनियन बाँकेको १६ बुँदे माग

लाेकप्रिय सन्देश २०७७ आषाढ १८ गते 1.47K

नेपालगञ्ज,असार १८ । संसदको राज्य ब्यवस्था समितिबाट पारित भएको निजामती कर्मचारी विधेयकको बिरोधमा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन बाँकेले ज्ञापनपत्र बुझाएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामवहादुर कुरुम्बाङमार्फत  ज्ञापनपत्र बुझाइएको जिल्ला अध्यक्ष कृष्णकुमार थापाले जानकारी दिनुभयो ।  पारित विधेयकमा आम कर्मचारीहरुको हक अधिकार र स्वाभिमानमा चोट पुग्ने  गरि तयार गरिएको भन्दै अध्यक्ष थापाले विधेयक सच्चाउन माग गर्दै अन्यथा कडा आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो ।  आधिकारिक ट्रेड यूनियनले १६ बुँदे मागपत्र समेत प्रस्तुत गरेको सचिव चिरञ्जीवी पाण्डेले बताउनुभयो  । 


    तपाईको प्रतिक्रिया

    Copyrights © 2020 Lokpriyanews

    Friday, Aug 14, 2020

    कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

    सम्पादक : गोविन्द शर्मा

    सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१