शुक्रबार, श्रावन ३०, २०७७ साल

खजुरामा युवाहरुको नेतृत्वमा नमूनायोग्य काम

लाेकप्रिय सन्देश २०७७ आषाढ २० गते 2.64K

खजुरा,असार २० ।   बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ ईगाउँ–भण्डरियामा रहेको किरणनाला श्मसानघाट  खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकाको प्रमुख घाट मध्येको एक हो ।  विगतमा कामचलाउ रुपमा रहेको श्मसानघाटलाई गतवर्षदेखि ब्यवस्थित बनाउन थालिएको छ । गतवर्ष स्थानीय बासिन्दाको आर्थिक सहयोगमा करिब चारलाखमा तीन कठ्ठा जग्गा खरिद गरिएको छ । वडा कार्यालयको बजेटमा गतवर्ष टहरा निर्माण सम्पन्न भएको समितिका अध्यक्ष उज्जवल विसीले जानकारी दिनुभयो । यसवर्ष वडा कार्यालयको थप ५ लाखको आर्थिक सहयोगमा श्मसानघाटलाई ब्यवस्थित बनाइएको छ । 
उपभोक्ता समितिमा युवाहरुको समूहले काम गरेको छ । युवाहरुको समूहले उपभोक्ता समितिमार्फत नमूनायोग्य काम गरेको वडा सदस्य दलबहादुर बिसीले जानकारी दिनुभयो । 


उपभोक्ता समितिका सचिव मोहन भण्डारीले सुरुमा उपभोक्ता समितिमा चयन भएपछि सबैजना युवा मात्रै भएका कारण काम गर्न सकिन्छ कि सकिदैन भन्ने चुनौती देखेको भन्दै सबैको साथ र सहयोगमा काम सम्पन्न भएपछि खुशी लागेको बताउनुभयो । युवाहरुले अवसर पाएमा राम्रो काम गर्न सक्छन भन्ने उदाहरण श्मसानघाट भएको छ , भण्डारीले भन्नुभयो,–  यसखालका सामाजिक कामको जिम्मा युवालाई दिनुपर्छ, राम्रो काम हुन्छ भन्ने सन्देश पनि दिएको छ ।  श्मसानघाटमा नालाको किनारमा मध्यरातीसम्म युवाहरुको समूहले काम गरेपछि समयभित्रै सम्पन्न भएको छ । बर्षोसम्म स्थानीयले घाटको रुपमा प्रयोग गरेको भएपनि आर्थिक अभावमा घाट ब्यवस्थित हुन सकेको थिएन । वडा अध्यक्ष तिलक वीर सुनारले थप सहयोगका लागि कार्यालय तयार रहेको जानकारी दिनुभयो ।

 


    तपाईको प्रतिक्रिया

    Copyrights © 2020 Lokpriyanews

    Friday, Aug 14, 2020

    कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

    सम्पादक : गोविन्द शर्मा

    सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१