शुक्रबार, श्रावन ३०, २०७७ साल

अबदेखि नेपालगञ्जको कारकादौंमा हाईमाष्टको झिलिमिली

लाेकप्रिय सन्देश २०७७ आषाढ २१ गते 2.44K

नेपालगञ्ज, असार २१ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ कारकादौंमा वडा कार्यालयको पहलमा वडालाई झिलिमिली बनाईदैछ ।  वडा कार्यालयको बजेटबाट कारकादौं चौक र एसके पेट्रोल पम्प अगाडी गरि दुईवटा मुख्य चोकमा हाईमाष्ट लाईट जडान कार्य सुरु भएको छ ।

आईतबार वडा अध्यक्ष दीपक वर्माले हाईमाष्ट लाईट जडान कार्यको शुभारम्भ गर्नुभयो ।  वडाका सुकुम्बासी,दलित र मधेसी समुदायको बसोबास रहेको क्षेत्रमा २५० घरधुरीमा सोलार प्यानल जडान गरिएको छ । यसैगरी ९ वटा सोलार प्यानल विभिन्न धार्मिक संस्थामा जडान गरिएको वडा अध्यक्ष दीपक वर्माले जानकारी दिनुभयो । वडाका विभिन्न स्थानमा सडकबत्ती समेत जडान गरिएको अध्यक्ष वर्माले बताउनुभयो ।  वडा कार्यालयले विकास निर्माणसँगै वडालाई झिलिमिली बनाउने अभियान नै संचालन गरेको वडा सदस्य दिग्विजय ढुंगानाले बताउनुभयो । 
 

 


    तपाईको प्रतिक्रिया

    Copyrights © 2020 Lokpriyanews

    Friday, Aug 14, 2020

    कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

    सम्पादक : गोविन्द शर्मा

    सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१