शुक्रबार, श्रावन ३०, २०७७ साल

क्यान्सरसँग सँघर्षरत खजुरा गौघाटका खत्रीलाई उपचारका लागि सहयोग

लाेकप्रिय सन्देश २०७७ आषाढ २१ गते 499

खजुरा ,असार २१ ।  बाँकेको खजुरा गाउँपालिका २ सितापुर गौघाटका थमन खत्रीलाई उपचारका लागि सहयोग गरिएको छ ।   बैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा रहेको समयमा क्यान्सर भएपछि खत्री  हाल घरमा आउनुभएको छ । साउदी अरबमा कार्यरत खजुरा ईगाउँका दुर्गा भण्डारी सहितको समूहले संकलन गरेको रकम आईतबार खजुरा गाउँपालिका ४ का वडा सदस्य दलबहादुर बिसीले खत्रीको निवासमा पुगेर हस्तान्तरण गर्नुभयो ।


 साउदी अरबमा संकलन गरिएको ५० हजार १२१ रुपियाँ र वडा सदस्य बिसीको पहलमा  संकलन गरिएको २२ हजार रुपिया गरि  ७२ हजार १२१ रुपियाँ खत्रीको निवासमा पुगेर हस्तान्तरण गरिएको हो ।  खजुरा ईगाउँका युवा दुर्गा भण्डारीले यसअघि बन्दाबन्दीमा प्रभावित ईगाउँका २७ विपन्न घर परिवारलाई खाद्यान्न सहयोग गर्नुभएको थियो । युवाहरुको समूहले साउदीबाट सामाजिक कार्यमा समेत साथ दिदै आएको छ । 


    तपाईको प्रतिक्रिया

    Copyrights © 2020 Lokpriyanews

    Friday, Aug 14, 2020

    कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

    सम्पादक : गोविन्द शर्मा

    सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१