शुक्रबार, श्रावन ३०, २०७७ साल

वडाअध्यक्ष रिजालको अगुवाईमा नेपालगन्जको धम्बोझीमा हरित अभियान जारी

लाेकप्रिय सन्देश २०७७ आषाढ २३ गते 628
नेपालगन्ज,असार २३ । नेपालगन्ज उपमहानगरपालिका १ लाई हरित वडा बनाउने अभियान जारी छ । अभियान अन्तरगत मुख्य सडकको दुबैतर्फ गमलासहित फुल र बिरुवा रोपिएको छ । यसैगरी बृक्षारोपण पनि जारी छ । सोमबार एन्फा स्पोर्ट्स एकेडेमीमा बृक्षारोपण गरिएको वडा अध्यक्ष प्रमोद रिजालले जानकारी दिनुभयो । वडा कार्यलय,एन्फा बाँके,धम्बोझी क्लब,ग्रीन नेपालगन्ज क्लिन नेपालगन्जको समन्वयमा बृक्षारोपण गरिएको हो । स्वामी,गुलमोहर,छतिबन लगायतका बिरुवा रोपिएको छ । बृक्षारोपणमा वडा अध्यक्ष रिजाल ,धम्बोझी क्लबका अध्यक्ष देबेन्द्र खड्का,एन्फा बाँकेका अध्यक्ष भोजराज शाही,ग्रीन एन्ड क्लिन नेपालगन्जका डाक्टर बिनोद कर्ण,हेमन्त काफ्ले लगायत सहभगी हुनुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    Copyrights © 2020 Lokpriyanews

    Friday, Aug 14, 2020

    कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

    सम्पादक : गोविन्द शर्मा

    सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१