शुक्रबार, श्रावन ३०, २०७७ साल

पार्टी एकताका लागि युवा विद्यार्थीको धर्ना

लाेकप्रिय सन्देश २०७७ आषाढ २४ गते 1.13K

नेपालगञ्ज, असार २४ । पार्टी एकताका लागि दबाब दिदैं नेकपा सम्वद्ध युवा विद्यार्थीले बुधबार  ज्ञापनपत्र बुझाएका छन् । राष्ट्रिय युवा संघ नेपाल बाँके र अनेरास्ववियु बाँकेले नेकपा जिल्ला पार्टी कार्यालयमार्फत ज्ञापनपत्र बुझाएको हो । नेकपाका केन्द्रीय सदस्य तथा बाँके जिल्ला सहइन्चार्ज मोहम्मद हारुन, जिल्ला प्रदेश सदस्य शान्ति ढकाल, नरेन्द्र न्यौपाने,कमिटीका सचिव अशोक कोइराला, कार्यालय सदस्य निरक गुरुङ, रत्न खत्री, अमिर केसी , अव्दुल हुसेन खाँ, लगायतका नेताहरुलाई ज्ञापनपत्र बुझाइएको हो ।  ज्ञापनपत्र बुझाउँदै  राष्ट्रिय युवा संघ बाँकेका संयोजक कुश्माखर बस्यालले पार्टी एकताका लागि शीर्ष नेतृत्वलाई आग्रह गर्नुभयो । एकीकृत कम्युनिष्ट पार्टी आम नेपाली जनता र पार्टीका आम कार्यकर्ताको चाहना भएको भन्दै बस्यालले  पार्टी विभाजन सोच्न पनि नसकिने बताउँदै कार्यकर्तालाई निराश नबनाउन आग्रह गर्नुभयो । 


युवा संघ नेपालका नेता दीपक जिएम, किशोर थापा, अनेरास्ववियुका केन्द्रीय सदस्य हंश खनाल लगायतले पार्टी एकताका लागि युवा विद्यार्थीले दबाबमुलक कार्यक्रम गरेको बताउनुभयो । 

 


    तपाईको प्रतिक्रिया

    Copyrights © 2020 Lokpriyanews

    Friday, Aug 14, 2020

    कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

    सम्पादक : गोविन्द शर्मा

    सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१