शुक्रबार, श्रावन ३०, २०७७ साल

नेपालगञ्ज उद्योग बाणिज्य संघले बुझायो राष्ट्र बैंकमा ज्ञापन–पत्र

लाेकप्रिय सन्देश २०७७ आषाढ २५ गते 534

नेपालगञ्ज, असार २५ गते । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले बिहिवार नेपाल राष्ट्र बैंकमा ज्ञापनपत्र बुझाएको छ ।  संघका अध्यक्ष अव्दुलवाहिद मन्सुरी नेतृत्वको टोलीले नेपाल राष्ट्र बैङ्क नेपालगञ्जका निर्देशक मुक्तिप्रसाद सापकोटामार्फत बिहिवार नेपाल राष्ट्र बैङ्का गर्भनरलाई ज्ञापनप बुझाएको हो ।  सङ्घले  उद्योग व्यवसायलाई राहतका लागि आर्थिक विधेयकका साथै मौद्रिक नीति मार्फत आवश्यक व्यवस्था गरि राहत तथा सुविधा प्रदान गर्न माग गरेको छ ।


सङ्घको त्रिभुवनचोक स्थित कार्यालयबाट उद्योगी ब्यवसायीहरु नाराजुलुससहित ज्ञापनपत्र बुझाउन राष्ट्र बैङ्कको कार्यालयमा पुगेका हुन । ज्ञापनपत्र बुझाउँदै सङ्घका अध्यक्ष अव्दुल वाहिद मन्सुरी, पुर्ब अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, दामोदर आचार्य, नन्दलाल बैश्य र महासचिव चिरञ्जीवी ओलीले  आफुहरुका मागलाई गम्भिरतापुर्वक लिएर विशेष ब्यवस्था गर्न माग गर्नुभयो ।  

 


    तपाईको प्रतिक्रिया

    Copyrights © 2020 Lokpriyanews

    Friday, Aug 14, 2020

    कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

    सम्पादक : गोविन्द शर्मा

    सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१