शुक्रबार, श्रावन ३०, २०७७ साल

नेपालगञ्जमा एकीकृत सम्पत्ति करमा १५ प्रतिशत कटौती

लाेकप्रिय सन्देश २०७७ आषाढ २५ गते 656

नेपालगञ्ज,असार २५ । नेपालगञ्ज उप–महानगरपालिकाले एकीकृत सम्पत्ति करमा १५ प्रतिशत कम गरेको छ ।  नगरप्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा  असार १० गतेदेखि जारी सातौं नगरसभामा बिहिवार उपप्रमुख उमा थापा मगरले  एकीकृत सम्पत्ति करमा कटौती गर्ने प्रस्ताव गर्नुभएको हो ।


 उप–प्रमुख मगरले यसअघि प्रस्तुत गर्नुभएको आगामी आर्थिकवर्ष २०७७/७८ को विनियोजित बजेट परिमार्जन गर्दै  एक अर्ब ४९ करोड ४२ लाख १७ हजार ५१० रुपियाको संशोधित वजेट प्रस्तुत गर्नुभयो । बजेटमा नगरका २३ वटा वडालाई २१ करोड रुपिया विनियोजन गरिएको छ ।  वडाबाट संकलन भएको राजश्वको १५ प्रतिशत सम्वद्ध वडालाई बाँडफाँड गरिएको छ । वडाको जनसंख्याको आधारमा समेत बजेट सिलिङ गरिएको छ ।  यसरी बजेट सिलिङ अनुसार वडा नम्बर १८ लाई सबैभन्दा बढि  एक करोड ४३ लाख  रुपिया र सबैभन्दा कम वजेट सिलिङ्ग पाउने वडाले कम्तिमा ५४ लाख रुपिया प्राप्त गरेका छन् । नगरसभामा नगर प्रमुख डा. राणाले सन्तुलितढंगले वडामा वजेटको सिलिङ तयार गरिएको जानकारी दिनुभयो ।  बजेट कनिका छरेजस्तो गरि वडामा काम नगर्नुहोला, नगरप्रमुख राणाले वडाका जनप्रतिनिधीहरुलाई  भन्नुभयो,– देखिने गरि ठुला काम गर्नुहोस । ठुला योजनाले वजेटको सहि सदुपयोग हुने उहाँको भनाई थियो । नगरसभामा वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल, वडा नम्बर २ का वडा अध्यक्ष सुनीलसिंह हमाल, वडा नम्बर १८ का वडा अध्यक्ष  दीपक वर्मा लगायतले विभिन्न सुझाव दिनुभयो ।  बिहिवारको नगरसभाले बजेटको सिलिङलाई सर्वसम्मत पारित गरेको छ । असार ३० गते बस्ने बैठकले वडाबाट आउने योजनासहित बजेट पारित गर्ने भएको छ । 

 


    तपाईको प्रतिक्रिया

    Copyrights © 2020 Lokpriyanews

    Friday, Aug 14, 2020

    कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

    सम्पादक : गोविन्द शर्मा

    सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१