शनिबार, असोज १०, २०७७ साल

लकडाउनमा टेण्डर आव्हान गर्न नदिएकाले बजेट फ्रिज रोक्न नेपालगञ्जको माग

लाेकप्रिय सन्देश २०७७ आषाढ ३० गते 418

नेपालगञ्ज, असार ३० गते । नेपालगञ्ज उप–महानगरपालिकाले  लकडाउनका कारण संघ र प्रदेशले स्वीकृति गरेको  अधिकाँश योजना अलपत्र अवस्थामा रहेको भन्दै लकडाउन अवधीभरको समय थप गर्न माग गरेको छ । नेपालगञ्जमा मङ्गलबार सम्पन्न भएकाले ७ औं नगरसभाले अर्थ मन्त्रालयका कारण लकडाउनको समयमा ठेक्का आव्हान गर्न नसकिएकाले अधिकाँश योजना अधुरो अवस्थामा रहेको भन्दै  समय थप गर्न माग गरेको हो ।  अर्थ मन्त्रालयले पिएमओमार्फत ठेक्का आव्हान गर्न दिएन, नगरसभामा नगरप्रमुख डा. धवलशम्शेर राणाले भन्नुभयो,– लकडाउन खुकुलो भएपछि आर्थिकबर्षको अन्तिम महिना सुरुभयो, जसका कारण धेरै योजना अलपत्र अवस्थामा छन् । अर्थ मन्त्रालयले समयमै काम गर्न नदिएर अहिले बजेट फ्रिज गर्ने हो भने देशभरका स्थानीय तहमा अधिकाँश योजना अधुरो रहने र संरचनाहरु अलपत्र भई खण्डहर हुने भएकाले लकडाउन अवधिभरको समय योजनालाई पूर्णता दिन थप गर्नुपर्ने नगरप्रमुख राणाले माग गर्नुभयो । 

 सबैभन्दा बढि राजश्व संकलन गर्ने वडा कार्यालय सम्मानित


 चालु आर्थिकवर्ष २०७६/७७ मा सबैभन्दा बढि राजश्व संकलन गर्ने ५ वटा वडा कार्यालयलाई सम्मान गरेको छ ।  चालु आवमा सबैभन्दा बढि राजश्व संकलन गर्ने वडा कार्यालयहरु क्रमशः वडा नम्बर १८, वडा नम्बर २, वडा नम्बर १, वडा नम्बर १० र वडा नम्बर ४ लाई नगरसभामा सम्मान गरिएको हो । नगरप्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर र प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खडकाले नगरसभामा वडा नम्बर १८ का वडा अध्यक्ष दीपक वर्मा, वडा नम्बर २ का अध्यक्ष सुनीलसिंह हमाल, वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजाल, वडा नम्बर १० का अध्यक्ष विन्दुभुषण बस्नेत र वडा नम्बर ४ का अध्यक्ष मो. सफिक वेहनालाई सम्मान गर्नुभयो । 
 यसैगरी हालै सेवा निवृत्त हुनुभएका बरिष्ठ कार्यक्रम अधिकृत शरद पौडेललाई पनि सम्मान गरिएको छ ।  नगरसभामा कोभिड–१९ मा महत्वपूर्ण योगदान गर्ने कर्मचारीहरु लेखा अधिकृत लोकेन्द्र रावत, जनस्वास्थ्य अधिकृत रामवहादुर चन्द, जनस्वास्थ्य निरिक्षक जागेश्वर बस्नेत, महिला विकास अधिकृत मञ्जु पाण्डे, सरसफाई शाखा प्रमुख अशोक केसी, सहायक ५ औं रामकुमार पौडेल,  नगर प्रहरी हवल्दार पवनकुमार कनौजिया, नगर प्रहरी चन्द्र राना र सवारी चालक भुपति ढकाललाई पनि सम्मान गरिएको छ ।  नेपालगञ्ज उपमहानगरपालिका स्तरीय अपांगता सञ्जाल, नेपाल रेडक्रस सोसाईटी बाँकेका सभापति गोवद्र्धन सिंह सम्झना, भेरी अस्पतालका मेसु डा. प्रकाश थापा, साईनिङ अस्पतालका सवारी चालक आशिष रानामगरलाई सम्मान गरिएको छ । 


साफ खेलकुदमा भारत्तोलनमा काश्य पदक विजेता प्रकाश केसीलाई ५० हजार,क्रिकेटतर्फ पदक विजेता राष्ट्रिय खेलाडी अविनाश बोहरालाई नगद २१ हजार  जिल्ला हक्की सङ्घ बाँकेको महिला र पुरुष टोलीलाई प्रति टोली ५१ हजार र मुख्यकप कप प्रदेश स्तरीय फुटबलमा प्रथम हुने धम्बोझी क्लवलाई नगद १५ हजार रुपियाँसहित सम्मान गरिएको छ ।  कोभिड–१९ नियन्त्रण र रोकथामका लागि सहयोग तथा सहकार्य गर्ने विभिन्न सङ्घ संस्थालाई पनि नगरसभामा सम्मान गरिएको उपप्रमुख उमा थापामगरले जानकारी दिनुभयो । नगरसभाले  आधुनिक एवम सुविधासम्पन्न क्रिकेट स्टेडियम निर्माणका लागि संघ र प्रदेशसँग सहकार्य गर्ने, नगरक्षेत्रमा सडक एवम भवनको मापदण्ड तयार गरि लागू गर्ने, नगरक्षेत्र सफा राख्ने, लगायतका निर्णय गरेको छ । नगरप्रमुख डा. राणाले नगरसभाले गरेका निर्णय कार्यान्वयनका लागि जनप्रतिनिधी, कर्मचारीसँगै आम नगरबासीसँग आग्रह गर्नुभयो । 
 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Saturday, Sep 26, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१