आईतवार, कार्तिक १६, २०७७ साल

नेपालगञ्ज ३ मा खेलाडी र प्रशिक्षकको सम्मान

लाेकप्रिय सन्देश २०७७ आषाढ ३१ गते 1.56K

नेपालगञ्ज,असार ३१ । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ३ ले अन्तर्राष्ट्रिय खेलमा पदक विजेता खेलाडी र प्रशिक्षकको सम्मान गरेको छ । नेपालमा हालै सम्पन्न साफ खेलकुदमा भारत्तोलनमा काश्य पदक विजेता प्रकाश केसी र प्रशिक्षक शकील अहमदलाई वडा कार्यालयले जनही ६० हजार रुपियाँ नगद सहित सम्मान गरेको हो । वडा अध्यक्ष मो.अयुव सिद्धिकीले खेलाडीको प्रोत्साहनका लागि सम्मान गरिएको बताउनुभयो । 

खेलाडीको सम्मान गर्दै नगर प्रमुख डा. धवलशम्शेर राणाले खेलकुदको विकासका लागि उप–महानगरपालिका दत्तचित्तले लागिरहेको बताउनुभयो ।  नगरमा भारत्तोलन विगतदेखि नै पदक दिलाउने खेलको रुपमा रहेको भन्दै उहाँले स्थानीय सरकारले सक्दो सहयोग गर्न तयार रहेको बताउनुभयो ।


उहाँले उप–महानगरपालिकाले आधुनिक क्रिकेट रंगशाला निर्माणका लागि अघि बढेको जानकारी गराउँदै छिटो भन्दा छिटो निर्माण सम्पन्न गर्नका लागि संघ र प्रदेश सरकार तथा अन्य सरोकारवाला निकायसँग सहकार्य गरिने बताउनुभयो । उहाँले नेपालगञ्जमा गत राष्ट्रिय खेलकुद प्रतियोगिताको समयमा धेरै भौतिक पूर्वाधार निर्माण सम्पन्न भएको भन्दै भौतिक संरचनाको संरक्षण र सहि सदुपयोगका लागि स्थानीय सरकारले पहल गर्ने बताउनुभयो ।  प्रदेशसभा सदस्य सुरेन्द्र हमालले खेलकुदको विकासका लागि सबैपक्षबीच हातेमालो हुन जरुरी भएको बताउनुभयो । सो अवसरमा क्षेत्रीय खेलकुद विकास समितिका पुर्ब अध्यक्ष अकलवहादुर बमले खेलकुदको विकासमा स्थानीय सरकार र वडा कार्यालयले आप्mनो तर्फबाट महत्वपूर्ण योगदान दिन सक्ने बताउनुभयो ।


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Sunday, Nov 01, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१