शनिबार, असोज १०, २०७७ साल

निजामती सेवा ऐनको प्रस्तावबारे छलफल

लाेकप्रिय सन्देश २०७७ श्रावन ११ गते 1.68K

नेपालगञ्ज, साउन १० । प्रतिनिधिसभाको राज्य ब्यवस्था समितिबाट पारित भएको निजामती सेवा ऐनको प्रस्तावबारे बाँकेका निजामती कर्मचारीहरुबीच छलफल भएको छ । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन बाँकेको आयोजनामा सुझाव संकलन कार्यक्रम शनिबार नेपालगञ्जमा सम्पन्न भएको हो । कार्यक्रममा संघ,प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरुको अलग अलग समूह बनाई सुझाव संकलन गरिएको हो । समितिबाट पारित भएको निजामती सेवा ऐनको प्रस्तावले कर्मचारीहरुको बृत्ति विकास र सेवा सुरक्षामा पारेको भन्दै निजामती कर्मचारीहरु निरन्तर आन्दोलनमा छन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामवहादुर कुरुम्बाङले कर्मचारी ब्यवस्थापन सम्बन्धि विषयहरु कर्मचारीमैत्री हुनुपर्नेमा जोड दिनुभयो । 


कार्यक्रममा आधिकारिक ट्रेड यूनियन बाँकेका अध्यक्ष कृष्णकुमार थापाले निजामती कर्मचारीहरुको विषयमा सम्बन्ध र सरोकार राख्ने विषयमा आधिकारिक युनियनको सहभागिता गराउन आग्रह गर्नुभयो । आधिकारिक ट्रेड यूनियन बाँकेका सचिव चिरञ्जीवी पाण्डेका अनुसार कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य लक्ष्मी योगी, जिल्ला अध्यक्ष अग्नीप्रसाद आचार्य,  नेपाल राष्ट्रिय कर्मचारी संगठन बाँकेका अध्यक्ष भोजबहादुर रावल, पेशागत महासंघ बाँकेका सचिव दीपवहादुर शाही, राष्ट्रिय स्वास्थ्य कर्मचारी संघ नेपालका केन्द्रीय उपाध्यक्ष रामवहादुर चन्द लगायतको उपस्थिती थियो । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Saturday, Sep 26, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१