आईतवार, कार्तिक १६, २०७७ साल

सुबिसुका ग्राहकहरुलाई रिफरमा बोनस अफर

लाेकप्रिय सन्देश २०७७ श्रावन १४ गते 1.01K

नेपालगञ्ज, साउन १४ । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रा.लि.ले रिफरमा बोनस अफर ल्याएको छ । ग्राहकमाझ ल्याइएको अफर अन्तर्गत सुबिसुका ग्राहकहरुले सुबिसुको इन्टरनेट/टिभी सेवा आफन्त तथा साथीभाईलाइ रिफर गरी आफनो यथावत रहेको सेवामा थप एक महिना निःशुल्क सेवा प्राप्त गर्न सक्नुहुने सुबिसु नेपालगञ्ज शाखाका प्रबन्धक रामप्रसाद आचार्यले जानकारी दिनुभयो  । इन्टरनेटको बढ्दो माग र विश्वसनीय सेवालाइ पूर्णरुप दिन यो अफर ल्याइएको कम्पनीले जनाएको छ ।  अफरमा सर्त तथा नियमहरु लागु हुने छ । रिफर गर्नको लागि यो लिन्कमा क्लिक गरेर आवश्यक जानकारी भर्न सकिनेछ । https://subisu.net.np/referal

रिफरमा बोनस सम्बन्धी थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।https://subisu.net.np/notice-release/refer-ma-bonus


सुबिसुका बारेमा 
सुबिसु केबलनेट (प्रा.) लि.ले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस (MPLS VPNs),  व्यानएथर्नेट (WAN Ethernet),  होलसेल आइ.पि ट्रान्जिट (Wholesale IP Transit),एम.भि.पि (MVP),डाटा सेन्टर सोलुसन (Data Center Solution) जस्ता मनोरञ्जनात्मक सेवा तथाबिजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ ।

Clear TV का बारेमा 
Clear tv, सुबिसु केबलनेट प्रा. लि., नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनीको उत्पादन हो । यो नेपालको पहिलो Digital Cable Television सेवा हो जसले MPEG4 Standard Definition / High Definition channels केबल मार्फत, Conditional Access System(CAS) को प्रयोग गरि Set Top Box को माध्यमबाट प्रसारण गर्दछ । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Sunday, Nov 01, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१