शनिबार, असोज १०, २०७७ साल

बाँकेमा आईतबारदेखि ३ दिने निषेधाज्ञा सुरु

लाेकप्रिय सन्देश २०७७ श्रावन १५ गते 1.09K

नेपालगञ्ज, साउन १८। समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि बाँकेमा आईतबारदेखि लागु हुने गरि ३ दिने निषेधाज्ञा  जारी गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि जिल्लाभर लागु हुने गरि निषेधाज्ञा जारि गर्ने निर्णय भएको जानकारी दिनुभयो ।  बाँकेमा बिहिवार आन्तरिक राजश्व कार्यालयमा कार्यरत ११ जना कर्मचारी सहित २७ जनामा कोरोना सङ्क्रमण देखिएपछि जिल्ला स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बैठकले निषेधाज्ञा जारि गर्ने निर्णय गरेको हो । शनिबारराती १२ बजेदेखि निषेधाज्ञा सुरु भएको हो ।


 बाँकेमा त्रिभुवन चोकका मिठाई पसले र आन्तरिक राजश्व कार्यालयका कर अधिकृतमा कोरोना देखिएपछि गरिएको मास परीक्षणमा २७ जनामा संक्रमण देखिएको हो । यातायात ब्यवस्था कार्यालय र जिल्ला अदालतका कर्मचारीमा समेत कोरोना देखिएको छ ।

 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Saturday, Sep 26, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१