शनिबार, असोज १०, २०७७ साल

बाँकेमा चिकित्सक सहित ९ जनामा कोरोना

लाेकप्रिय सन्देश २०७७ श्रावन १८ गते 1.03K

बाँके, साउन १८ गते । बाँकेमा आईतबार चिकित्सक सहित ९ जनामा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा मिलिटिरी अस्पताल राँझाका चिकित्सकमा  कोरोना देखिएको हो ।  अस्पतालबाट संकलित स्वाव परीक्षणमा  चिकित्सक सहित ३ जनामा संक्रमण देखिएको छ । यसैगरी जिल्ला अस्पताल बाँकेबाट संकलन गरिएको स्वाव परीक्षणमा ५ जनामा कोरोना देखिएको छ । अदालतमा यसअघि एकजनामा कर्मचारीमा कोरोना देखिएको थियो ।  भेरी अस्पतालका अनुसार खजुराका एकजनामा समेत कोरोना देखिएको छ । कैलाली टिकापुरका एकजना चिकित्सक सहित दुईजनामा पनि संक्रमण देखिएको छ । दांगस्थित आर्मीको फिएका एकजनामा पनि कोरोना देखिएको छ । भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा आईतबार १२ जनामा संक्रमण देखिएको छ ।  बाँकेमा समुदायस्तरमा कोरोना देखिएपछि आईतबारदेखि ३ दिने निषेधाज्ञाको आदेश जारी गरिएको छ । जिल्लाभित्र कोरोना संक्रमण देखिएको क्षेत्रमा सील गर्ने तयारी भईरहेको स्थानीय प्रशासनले जनाएको छ । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Saturday, Sep 26, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१