शनिबार, असोज १०, २०७७ साल

नेपालगञ्जमा चिकित्सक सहित २८ जनामा देखियो कोरोना

लाेकप्रिय सन्देश २०७७ श्रावन २२ गते 1.36K

नेपालगञ्ज, साउन २२ गते । शिक्षण अस्पताल नेपालगञ्जका चिकित्सक सहित बाँकेमा बिहिवार थप २८ जनामा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगञ्जले बिहिवार अपरान्ह सार्वजनिक गरेको पिसिआर परीक्षणको नतिजा अनुसार बाँकेका २८, बर्दियाका १३ र कैलालीका एकजना गरि ४२ जनामा संक्रमण देखिएको छ । बाँकेमा समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि  संक्रमित ब्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएका उनीहरुका घरपरिवारका सदस्य, कर्मचारी तथा जोखिममा रहेका ब्यक्तिहरुको स्वाब परीक्षणको नतिजा बिहिवार सार्वजनिक भएको हो । समुदायस्तरमा कोरोना देखिएपछि बाँकेमा शनिबारदेखि आउने शनिबारसम्म निषेधाज्ञा जारी गरिएको छ । जिल्लाको आन्तरिक राजश्व कार्यालय, जिल्ला अदालत, नेपालगञ्ज उपमहानगरपालिका, जिल्ला समन्वय समिति, ईलाका प्रहरी कार्यालय कोहलपुर, वडा प्रहरी कार्यालय नेपालगञ्ज, यातायात ब्यवस्था कार्यालयमा कार्यरत कर्मचारी तथा कारागार कार्यालयमा रहेका कैदी बन्दीमा पनि कोरोना देखिएको छ । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Saturday, Sep 26, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१