शनिबार, असोज १०, २०७७ साल

बाँकेमा मंगलबारराती सम्म थपियो निषेधाज्ञा

लाेकप्रिय सन्देश २०७७ श्रावन २३ गते 914

नेपालगञ्ज, साउन २३ गते । बाँकेमा शनिबाररातीदेखि लागु भएको निषेधाज्ञा मंगलबारराती सम्म थप गरिएको छ । बाँकेमा शुक्रबार मात्रै ४९ जनामा कोरोना संक्रमण देखिएको छ । बाँकेमा जिल्ला स्तरीय सङ्कट ब्यवस्थापन केन्द्रको निर्णय अनुसार सुरुमा शनिबारराती १२ बजेदेखि लागु हुनेगरि मङ्गलबारराती १२ बजेसम्म निषेधाज्ञा जारी भएको थियो । समुदायमा कोरोना बढ्दै गएपछि शनिबारराती १२ बजेसम्म कायम गरिएको थियो । बिहिवार पनि बाँकेमा २८ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । 


प्रमुख जिल्ला अधिकारी रामवहादुर कुरुम्बाङले समुदायस्तरमा कोरोना सङ्क्रमण देखिएपछि जिल्लाभर लागु हुने गरि निषेधाज्ञा जारि गर्ने निर्णय भएको जानकारी दिनुभयो । बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या दुईजना मृतक सहित  ५४७ पुगेको छ ।  ३९४ जना उपचारपछि घर फिर्ता हुनुभएको छ । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Saturday, Sep 26, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१