शनिबार, असोज १०, २०७७ साल

कोरोनाले अस्तव्यस्त बाँके, विहान ११ बजेसम्म नयाँ २६ जनामा संक्रमण

लाेकप्रिय सन्देश २०७७ श्रावन २७ गते 344

नेपालगञ्ज, साउन २७ । बाँकेमा पछिल्लो १५ दिनमा २५० जना भन्दा बढि ब्यक्तिहरुलाई कोरोना संक्रमण भएको छ ।  जिल्लामा कोरोना संक्रमणको संख्या बढेपछि ब्यवस्थापनमा चुनौती भएको छ ।  बाँकेको खजुरास्थित कोरोना अस्पतालमा बिरामी भरिएर सोमबार ५ जना बिरामी दाङ्ग पठाईएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बांगले जानकारी दिनुभयो ।

कोरोनाका कारण बाँकेका ठुला अस्पताल भेरी अस्पताल, शिक्षण अस्पताल कोहलपुर र नेपालगञ्ज अस्तब्यस्त भएका छन् । बाँके कारागारमा क्षमता भन्दा बढि कैदी बन्दी रहेको र केही कैदी बन्दीमा कोरोना देखिएपछि नेपालगन्जका सबै ४७ महिला बन्दिहरुलाई बर्दिया र दैलेख स्थानान्तरण गरिने प्रमुख जिल्ला अधिकारी कुरुम्बांगले बताउनुभयो । बाँकेमा मंगलबार विहान ११ बजेसम्म नयाँ २६ जनामा कोरोना संक्रमण देखिएको छ । बाँकेमा १० दिनदृखि निषेधाज्ञाको आदेश जारी गरिएको छ । शनिबाररातीदेखि नेपालगञ्ज सील गरिएको छ । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Saturday, Sep 26, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१