शनिबार, असोज १०, २०७७ साल

आईतबारदेखि नेपालगञ्ज उपमहानगरपालिकाको सेवा सुचारु हुने

लाेकप्रिय सन्देश २०७७ श्रावन २९ गते 543

नेपालगञ्ज, साउन २९ । जनप्रतिनिधी र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सील गरिएको नेपालगञ्ज उप–महानगरपालिकामा आईतबारदेखि सेवा सुचारु हुने भएको छ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरि उप–महानगरपालिकाबाट प्रदान गरिने सेवा सुविधा आईतबारदेखि निरन्तरता दिन लागिएको जानकारी दिनुभयो । 

उपमहानगरपालिकासँगै सम्पूर्ण २३ वटै वडा कार्यालय पनि आईतबारदेखि सुचारु हुने नगर प्रमुख राणाले जानकारी दिनुभयो ।  नेपालगञ्ज उप–महानगरपालिकामामा कोरोना विरुद्ध उच्च सावधानी अपनाउँदै मुख्य प्रवेशद्धारमा हेल्थ डेस्क सञ्चालन गरिएको छ ।  सेवाग्राहीले कार्यालयमा प्रवेश गर्नासाथ साबुनपानीले हात धुने, सेनिटाईजर सहित ज्वरो नाप्ने ब्यवस्था समेत मिलाइएको छ । उप–महानगरपालिकाले सेवाग्राहीलाई सेवा लिन आउँदा मास्क र सेनिटाईजरको प्रयोग गर्न तथा भिडभाड नगर्न आग्रह समेत गरेको छ । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Saturday, Sep 26, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१