आईतवार, कार्तिक १६, २०७७ साल

क्रिकेट मैदानको डिपिआर तयार हुने

लाेकप्रिय सन्देश २०७७ भाद्र २ गते 465

 नेपालगञ्ज, भदौ २। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ मा अन्तर्राष्टियस्तरको क्रिकेट मैदान निर्माणका लागि डिपिआर तयार हुने भएको छ । नेपालगञ्ज उपमहानगरपालिका नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले क्रिकेट मैदान निर्माणका लागि डिपिआर तयार गर्ने निर्णय गरेको हो । वडा नम्बर ६ मा क्रिकेट मैदान निर्माणका लागि केही दिनअघि मात्रै सार्वजनिक जग्गा बाँडफाँडमा सहमति भएपछि उपमहानगरपालिकाले डिपिआर निर्माण गर्ने निर्णय गरेको हो । नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले नगरक्षेत्रभित्रका धार्मिक संघ संस्थाहरुको अभिलेखीकरण गर्ने निर्णय गरेको उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो । 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Sunday, Nov 01, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१