आईतवार, कार्तिक १६, २०७७ साल

सुबिसुको सेल्फ केयर पोर्टलबाट सम्पूर्ण जानकारी

लाेकप्रिय सन्देश २०७७ भाद्र १२ गते 743

नेपालगञ्ज भदौ १२ ।  नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायककम्पनी, सुबिसु केबलनेट प्रा. लि.ले आफ्ना ग्राहकवर्गका लागि सुबिसु सेल्फ केयर पोर्टल सञ्चालनमा ल्याएको छ । सुबिसु सेल्फ केयर पोर्टलको प्रयोगबाट ग्राहकवर्गहरुले आफुले खरिद गरेको सेवाको बारेमा विविध जानकारी लिनसक्ने नेपालगञ्ज शाखा प्रबन्धक रामप्रसाद आचार्यले जानकारी दिनुभयो ।  साथै अनलाइन भुक्तानीबाट सेवानविकरण गर्न पनिसक्नुहुनेछ भने आफ्नो हालको सेवालाई आफुले चाहे अनुरुप विभिन्न सेवा प्लानमा अपग्रेड गर्न सक्ने कम्पनीले जनाएको छ ।  ग्राहकवर्गको सहजता एवं सेवाको पारदर्शीताका लागि सेल्फ केयर पोर्टल सञ्चालन गरिएको विश्वास लिइएको छ । आगामी दिनहरुमा यस पोर्टलमा विभिन्न उपयोगी सेवाहरु पनि थपिदै लगिने सुबिसुले जनाएको छ । 
सुबिसु सेल्फ केयर पोर्टल selfcare.subisu.net.np बाट प्रयोग गर्न सकिने छ साथै www.subisu.net.np मा रहेको customer login द्वारा पनि प्रयोग गर्न सकिने छ । 

सुबिसुका बारेमा 

सुबिसु केबलनेट (प्रा.) लि.ले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस (MPLS VPNs),  व्यानएथर्नेट (WAN Ethernet),  होलसेल आइ.पि ट्रान्जिट (Wholesale IP Transit),एम.भि.पि (MVP),डाटा सेन्टर सोलुसन (Data Center Solution) जस्ता मनोरञ्जनात्मक सेवा तथाबिजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ ।

Clear TV का बारेमा 
Clear tv, सुबिसु केबलनेट प्रा. लि., नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनीको उत्पादन हो । यो नेपालको पहिलो Digital Cable Television सेवा हो जसले MPEG4 Standard Definition / High Definition channels केबल मार्फत, Conditional Access System(CAS) को प्रयोग गरि Set Top Box को माध्यमबाट प्रसारण गर्दछ । 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Sunday, Nov 01, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१