आईतवार, फागुन १६, २०७७ साल

एसिड प्रहार भएकी बालिकालाई सहयोग गरेर मन्त्री भट्टराईले मनाए जन्मदिन

लाेकप्रिय सन्देश २०७७ भाद्र २१ गते 779

नेपालगञ्ज, भदौ २१ । नेकपाका स्थायी कमिटी सदस्य तथा संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले  जन्मदिनको अवसर पारेर एसिड प्रहार गरिएकी बालिकालाई उच्च शिक्षाका लागि सहयोग गर्नुभएको छ ।  मन्त्री भट्टराईले एसिड प्रहार गरिएकी बालिका मुस्कान खातुनलाई एक महिनाको तलबमा करकट्टी र लेबी कटाएर आईतबार सहयोग गर्नुभएको छ । गत महिना राजधानीको होटल हयातमा एक कार्यक्रम भेटेपछि मुस्कानलाई मन्त्री भट्टराईले उच्च शिक्षाका लागि ब्यक्तिगत सहयोग गर्ने आश्वासन दिनुभएको थियो । 

आज मेरो जन्मदिन तिनै मुस्कान र उनी जस्तै असह्य पीडामा रहेका मुस्कानहरुमा समर्पित गर्न चाहन्छु्, मन्त्री भट्टराईले बालुवाटारमा मुस्कानलाई सहयोग हस्तान्तरणपछि सामाजिक सञ्जालमा लेख्नुभएको छ ,-मुस्कानलाई डाक्टर बन्ने इच्छा छ बहिनी मुस्कान तपाईको डाक्टर बन्ने आकांक्षा पुरा हुनेछ । 

मन्त्री भट्टराईका अनुसार केही दिन अघि मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्कानलाई बालुवाटरमा बोलाएर उहाँको शिक्षाको ब्यवस्था मिलाउने बचन दिनु भएको छ । 
               


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Sunday, Feb 28, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१