नेपालगञ्ज, भदौ २१ । नेकपा बाँकेका सचिव अशोक कोइरालालाई कोरोना संक्रमण भएको छ । साविक नेकपा बाँकेको अध्यक्ष समेत रहनुभएका कोइरालामा केही दिनअघि सामान्य लक्षण देखिएपछि पिसिआर जाँच गराउनुभएको थियो । कोइरालाले हाल आफुमा कुनैपनि लक्षण नदेखिएको बताउनुभयो ।
यसअघि केही दिनअघि साविक नेकपा एमालेका सचिव तथा हाल नेकपा बाँकेका कार्यालय सदस्य रत्न खत्रीलाई पनि कोरोना देखिएपछि आइसोलेसनमा रहनुभएको छ । खत्रीको नियमित सम्पर्कमा रहनुभएका ब्यक्तिहरुमध्ये अधिकाँशले आईतबार पिसिआर परिक्षणका लागि स्वाब दिएका छन् ।
यसअघि नेकपा नेतृ कृष्ण केसी र युवा नेता प्रमोद रिजाल कोरोना संक्रमण भई डिस्चार्ज भईसक्नुभएको छ ।
कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड
सम्पादक : गोविन्द शर्मा
सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१