आईतवार, कार्तिक १६, २०७७ साल

एकसाता लामो विदा किन बसे सिडिओ कुरुम्बाङ ?

लाेकप्रिय सन्देश २०७७ भाद्र २७ गते 2.41K

नेपालगञ्ज, भदौ २७ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामवहादुर कुरुम्बाङ एकहप्ता विदामा बस्नुभएको छ । आफु एक हप्ता विदामा बसेको बताउँदै उहाँले जिल्ला बाहिर भएपनि कुनै समस्या परेमा आफुलाई सम्पर्क गर्न जिल्लाबासीलाई अपिल गर्नुभएको छ ।

जेठमा सरुवा भई बाँके आउनुभएका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ एक दिन पनि विदामा बस्नुभएको थिएन । स्याङ्जाबाट बाँके सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले सात महिनामा एकदिन पनि विदा नबसेको जानकारी दिनुभयो । आफु पारिवारिक कामले विदामा बसेको भन्दै उहाँले एकसातापछि काममा फर्कने बताउनुभयो । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Sunday, Nov 01, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१