नेपालगञ्ज, भदौ २८ । बाँकेको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिलाई कोरोना पोजिटिभ भएको छ । नेकपा बाँकेका सचिवालय सदस्य समेत रहनुभएका अध्यक्ष कक्षपतिलाई आईतबार कोरोना देखिएको हो । कक्षपतिले कोरोना रोकथाम र नियन्त्रणका लागि खजुरा गाउँपालिका र जिल्लामै नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । केही दिनअघि स्वास्थ्यमा सामान्य समस्या देखिएपछि अध्यक्ष कक्षपति आफै होम आईसोलेसनमा बस्नुभएको थियो । अध्यक्ष कक्षपतिले आफु पूर्णरुपमा स्वस्थ रहेको जानकारी दिदै आईसोलेसनमा बसिरहेको बताउनुभयो ।
बाँकेमा यसअघि पनि स्वास्थ्यकर्मी,सुरक्षाकर्मी, कर्मचारीसँगै केही जनप्रतिनिधी तथा राजनीतिक दलका जिल्ला स्तरीय नेताहरुलाई कोरोना संक्रमण भएको छ । नेकपा बाँकेका सचिव अशोक कोइराला, कार्यालय सदस्य रत्न खत्री, जिल्ला कमिटी सदस्य मञ्जु कोइराला, स्वास्थ्यकर्मी संघका केन्द्रीय उपाध्यक्ष रामवहादुर चन्द आईसोलेसनमा रहनुभएको छ ।
कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड
सम्पादक : गोविन्द शर्मा
सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१