आईतवार, कार्तिक १६, २०७७ साल

बाँकेको बैजनाथमा प्रमुख प्रशासकीय अधिकृत ऐडी

लाेकप्रिय सन्देश २०७७ भाद्र २८ गते 1.7K
नेपालगन्ज,भदौ २८ । बाँकेको बैजनाथ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा दान बहादुर ऐडिको सरुवा भएको छ । प्रमुख प्रशासकीय अधिकृतको रूपमा आइतबार उहाँले कार्यालयमा हाजिर गर्नुभयो । गृह मन्त्रालय तथा विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका ऐडि स्थानीय सरकार संचालनका सम्बन्धमा जानकार प्रशासकको रूपमा चिनिनुहुन्छ । उहाँलाई गाउँपालिका अध्यक्ष मानबहादुर रुचाल,उपाध्यक्ष शारदा बिक,वडाध्यक्ष मनबहादुर खत्री,कार्यपालिका सदस्य गुमान दमाई लगायतले स्वागत गर्नुभयो ।

तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Sunday, Nov 01, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१