आईतवार, कार्तिक १६, २०७७ साल

नेकपा नेता खत्री सहित ६० जना डिस्चार्ज

लाेकप्रिय सन्देश २०७७ असोज २ गते 1.72K

नेपालगञ्ज, असोज २ गते । नेकपाका युवा नेता रत्न खत्री कोरोना संक्रमण जितेर शुक्रबार फिर्ता हुनुभएको छ । १४ दिनसम्म आईसोलेसनमा बसेर नेता खत्री शुक्रबार डिस्चार्ज हुनुभएको हो । यसैगरी नेपालगञ्जका युवा व्यवसायी नमु पाण्डे समेत शुक्रबार नै कोरोना जितेर फिर्ता हुनुभएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार शुक्रबार बाँकेमा ६० जना कोरोना जितेर फिर्ता हुनुभएको छ । डिस्चार्ज हुनेमा प्रहरी समेत रहेका छन् । बाँकेमा हालसम्म एकहजार ५४६ जना संक्रमित भएकोमा  एकहजार ९२ जना डिस्चार्ज हुनुभएको छ । ९ जनाको मृत्यु भएको छ । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Sunday, Nov 01, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१