आईतवार, कार्तिक १६, २०७७ साल

नेशनल लाइफ इन्स्योरेन्सको एजेन्सि कार्यालय नेपालगन्जमा

लाेकप्रिय सन्देश २०७७ असोज २ गते 489
नेपालगन्ज, २ असोज । नेशनल लाइफ इन्स्योरेन्स प्राइभेट लिमिटेडको एजेन्सी कार्यालय नेपालगन्जमा स्थापना भएको छ । नेशनल लाइफ इन्स्योरेन्सका अभिकर्ता र विमितलाई सहयोग गर्ने उद्देश्यले नेपालगन्जमा एजेन्सी कार्यालय स्थापना गरिएको इन्स्योरेन्सका कोहलपुर शाखा प्रमुख रणबहादुर ओलीले बताउनुभयो । नेपालगन्ज क्षेत्रका अभिकर्ता र विमितलाई लक्षित गरि स्थापना भएको एजेन्सी कार्यालय कोहलपुर शाखा कार्यालयको मातहतमा रहने छ। एजेन्सी कार्यालयकोे उद्घाटन गर्दै नेपालगन्ज उपमहानगरपालिका–१८ का वडा अध्यक्ष दीपककुमार बर्माले वीमाले रकम बचत गर्ने बानीको विकास गर्ने बताउँदै यसबाट दीर्घकालिन फाइदा पुग्ने धारणा राख्नुभयो । गरिव नागरिकका लागि वीमा एकदमै लाभदायक भएको उहाको भनाई थियो । वीमा गर्दा रुपैँया खेर गएको जस्तो लाग्न सक्छ, तर यसले वर्तमानमा भन्दा भविष्यमा फाइदा पुरयाउँछ,’ उहाँले भन्नुभयो । नेपालगन्ज क्षेत्रका विमित र अभिकर्तालाई कोहलपुर जानुपर्ने झन्झटलाई महशुस गरि नेपालगन्जमा एजेन्सी कार्यालय स्थापना गरिएको एजेन्सी कार्यालयकस चिफ विजनेस म्यानेजर विष्णुकुमारी केसीले बताउनुभयो । उहाले वीमा गराउनेलाई मात्र सहयोग गर्ने नभई वीमाबाट हुने फाइदाका बारेमा समेत बुझाउन कार्यालय स्थापना गरिएको बताउनुभयो। चिफ विजनेस म्यानेजर मानबहादुर डिसीले स्वागत गरेको कार्यालय उद्घाटन कार्यक्रममा विमित तेजनारायण कँडेलले वीमाले क्षति न्यूनिकरणमा टेवा पुर्याउने धारणा राख्नुभयो ।

तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Sunday, Nov 01, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१