आईतवार, कार्तिक १६, २०७७ साल

कोरोनाबाट बर्दियाको बारबर्दिया ३ का वडाध्यक्षको निधन

लाेकप्रिय सन्देश २०७७ असोज ७ गते 315

नेपालगञ्ज, असोज ७ गते ।   नेपालगञ्जस्थित भेरी अस्पतालको कारोना विशेष विशेष वार्डमा उपचाररत एकजनाको उपचारका क्रममा बुधबार विहान निधन भएको छ । बर्दिया बारबर्दिया वडा नम्बर ३ का वडा अध्यक्ष सुर्यवहादुर थारु (कमल)को ३९ वर्षको उमेरमा निधन भएको हो । 
 थारुलाई कोरोना भएको आशङ्कामा भदौ २८ गते बर्दियाबाट पिसिआर जाँचका लागि स्वाब सङ्कलन भई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा परीक्षण हुँदा रिपोर्ट नेगेटिभ आएको थियो । तर फेरी स्वास्थ्यमा समस्या भएपछि  भदौ २९ गते भेरी अस्पतालमा लगिएको थियो ।

भेरी अस्पतालमा पिसिआर परीक्षण भई  भदौ ३० गते कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क ब्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो । ३९ वर्षिय थारुलाई  भेन्टिेलेटरमा राखेर  उपचार थालिएको थियो । उहाँको अन्त्येष्टिका लागि बर्दियामा समन्वय भईरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामवहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।  

 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Sunday, Nov 01, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१