आईतवार, कार्तिक १६, २०७७ साल

नेपालगञ्जका स्वास्थ्य शाखा प्रमुख चन्द कोरोना जितेर घर फिर्ता

लाेकप्रिय सन्देश २०७७ असोज ८ गते 2.46K

नेपालगञ्ज, असोज ८ । नेपालगञ्ज उप–महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्द कोरोना जितेर बिहिवार घर फिर्ता हुनुभएको छ । भदौ २५ गते कोरोना संक्रमण भएपछि आईसोलेशनमा बस्नुभएका चन्दले पूर्णरुपमा निको भई आफु डिस्चार्ज भएको जानकारी दिनुभयो । बिहिवार चन्द सहित १९ जना डिस्चार्ज हुनुभएको छ  । चन्दलाई उप–महानगरपालिकाका कर्मचारी,स्वास्थ्यकर्मी लगायतले कोरोनामुक्त भएकोमा बधाईज्ञापन गर्नुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरु श्याम चौधरी, तेज वली र राजन शाहीलाई कोरोना संक्रमण भएको छ । तिनैजना सुरुवातदेखि नै कोरोना रोकथाम र नियन्त्रणमा अग्रभागमा रहेर खटिदै आउनुभएको छ । 

 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Sunday, Nov 01, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१