आईतवार, कार्तिक १६, २०७७ साल

उपचार सुरु नहुँदै गुरुको निधन भएपछि यसरी भावुक भए अस्पतालका अध्यक्ष धिताल

लाेकप्रिय सन्देश २०७७ असोज १० गते 2.11K

नेपालगञ्ज, असोज १० । महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका पुर्व स्ववियू सभापति समेत रहनुभएका नेकपा बाँकेका युवा नेता प्रमोद धिताल हाल भेरी अस्पताल विकास समितिको अध्यक्ष हुनुहुन्छ ।  शनिबारको एक घटनाले अध्यक्ष धिताललाई अत्यन्त मर्माहत बनाएको छ ।  बर्दियाको गुलरियास्थित बबई बहुमुखी क्याम्पसका प्रमुख बिनोद अग्रवाललाई केही दिनअघि कोरोना संक्रमण भएको थियो । शनिबार विहान बर्दियाको प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष अंगत श्रेष्ठले अग्रवालको अवस्था गम्भिर भएको जानकारी  अध्यक्ष धिताललाई गराउनु भएको थियो । आफुलाई पढाएका गुरुको स्वास्थ्य स्थिती बिग्रिएको जानकारी सुनेपछि अध्यक्ष धितालले तत्काल भेरीमा ल्याउन आग्रह गर्दै आफु पनि अस्पतालमा पुग्नुभयो । तर उपचार सुरु नहुँदै अग्रवालको निधन भयो ।
 भेरी अस्पतालको सेवा दिन सकिएन, गेट छिर्नै लाग्दा मेरो आदरणीयय सरले प्राण त्याग्नु भयो सर म असाध्यै ऋणी भए , अध्यक्ष धितालले सामाजिक सञ्जालमा लेख्नुभएको छ , तपाईको चेलो भेरी अस्पताको अध्यक्ष हुँदा तपाईंले १ गिलास पानी पनि नखाएर जानू भयो त्यो पनि कहिलै नभेटिने गरि सरी सर हजुरको सेवा गर्न पाइन दुःखी छु । क्याम्पस प्रमुख अग्रवालको शनिबार नै बर्दियाको भादामा अन्त्येष्टि गरिएको छ । अग्रवाल फोक्सोको क्यान्सर भएपछि दुईवर्षदेखि दिल्लीको राजिव गान्धी अस्पतालमा उपचार गराईरहनुभएको थियो । 
 यसैबीच बाँकेमा शनिबार थप १६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार हालसम्म एकहजार ७९० जनामा संक्रमण भएकोमा  १२ जनाको निधन भएको छ । ३६७ जनाको उपचार भईरहेको छ ।  आज शनिबार मात्रै निको भई ५० जना डिस्चार्ज हुनुभएको छ । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Sunday, Nov 01, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१