आईतवार, कार्तिक १६, २०७७ साल

कोरोना संक्रमित सुत्केरीको निधन

लाेकप्रिय सन्देश २०७७ असोज १८ गते 465

नेपालगञ्ज, असोज १८ । कोरोना संक्रमित सुत्केरी महिलाको शिक्षण अस्पताल कोहलपुरमा आईतबार विहान निधन भएको छ । कञ्चनपुरको महेन्द्र नगर २ का २९ वर्षिय महिलाले केही समय पहिले सेती अस्पतालमा जुम्ल्याह सन्तानको रुपमा छोरा र छोरीलाई जन्म दिनुभएको थियो । उहाँको गर्भावस्थादेखि सुत्केरीपछिको अवस्थामा समेत रक्तश्राव देखिएको अस्पतालले जनाएको छ ।

सुत्केरीपछि उहाँको पाठेघरको शल्यक्रिया तथा ८ पोन्ट होल रगत र ४ पोन्ट प्लेटलेट रगत दिइएको थियो । असोज १४ गते कोरोना पोजिटिभ भएपछि उहाँलाई थप उपचारका लागि असोज १५ गते  शिक्षण अस्पताल कोहलपुरमा ल्याइएको हो ।  यो सहित बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका कोरोना संक्रमित मध्ये हालसम्म ९ जनाको मृत्यु भएको छ । बाँकेका २० जनाको निधन भएको छ । बाँकेमा आईतबार कोरोना जितेर १८ जना मुक्त हुनुभएको छ । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Sunday, Nov 01, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१