आईतवार, कार्तिक १६, २०७७ साल

दुई महिनापछि अपहरित किशोरीको सकुशल उद्दार

लाेकप्रिय सन्देश २०७७ असोज २१ गते 1.93K

नेपालगञ्ज,असोज २१ गते ।  जिल्ला प्रहरी कार्यालय बाँकेले किशोरी अपहरणमा संलग्न २ जनालाई पक्राउ गरि बुधबार सार्वजनिक गरेको छ । भारतको उत्तरप्रदेश राज्यको  गौतम बुद्ध नगर थाना बदालपुर, दुजाना भन्ने स्थानमा बन्धक बनाई राखिएकी बर्दियाकी १७ बर्षिया किशोरीलाई उद्धार गरि ल्याइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक ओमवहादुर रानाले जानकारी दिनुभयो ।

  साउन २ गते घरमा किशोरी एक्लै भएको र घर परिवारकाका सदस्यहरु रोपाई गर्न खेतमा गएको मौका छोपी पीडित किशोरीलाई डरत्राष देखाई अपहरण गरि भारत पु¥याइएकोमा प्रहरीले भारतीय पक्षसँग समन्वय गरि अपहरणमुक्त गराएको हो । प्रहरीले अपहरणमा संलग्न बर्दियाको बढैयाताल गाउँपालिका ७ का २१ बर्षिय मुकेश यादव र ५५ बर्षिय हरिराम अहिरलाई पक्राउ गरि बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । घटनामा संलग्न बढैयाताल ७ कै ३५ बर्षिय अगलेश यादव फरार रहेको प्रहरीले जनाएको छ । 
यसैबीच प्रहरीले बाँकेको नरैनापुर गाउँपालिका ५ सर्वराजपुरुवाबाट  दुईथान कटुवा पेस्तोल र ५ राउण्ड गोली सहित दुईजनालाई पक्राउ गरेको छ । मारिएको चित्तलसहित २ जनालाई पक्राउ गरिएको छ । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Sunday, Nov 01, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१