आईतवार, कार्तिक १६, २०७७ साल

बाँकेको ईगाउँमा अघि बढ्यो खानेपानी आयोजनाको काम

निमेष विसी. २०७७ असोज २९ गते 1.4K

खजुरा, असोज २९ गते । बाँकेको खजुरा गाउँपालिकाको ग्रामिण क्षेत्रमा वृहद खानेपानी आयोजनाको निर्माण सुरु भएको छ । खजुरा गाउँपालिका वडा नम्बर ४ ईगाउँमा प्रदेश सरकारको बजेटबाट निर्माण हुन लागेको खानेपानी आयोजना अन्तर्गत ट्याङ्कीको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बिहिवार शिलान्यास गर्नुभयो । शिलान्यासमा वडाअध्यक्ष तिलकवीर सुनार, वडा सदस्य दलवहादुर विसी लगायत स्थानीयको सहभागिता रहेको थियो । उपभोक्ता समितिका अध्यक्ष उज्जवल विसीका अनुसार बिहिवार एकलाख ५० हजार लिटर क्षमताको ट्यांकी निर्माणका लागि शिलान्यास गरिएको हो ।
 ईगाउँमा निर्माण हुने खानेपानी आयोजनाबाट आसपासका गाउँका एकहजार पाँचसय घरधुरी लाभान्वित हुने खानेपानी डिभिजन कार्यालयका ईञ्जिनियर धिरज तामाङले जानकारी दिनुभयो । 


ट्याङ्कीसँगै कम्पाण्डवाल निर्माणका लागि समेत ठेक्का सम्झौता भईसकेको छ । सम्राट निर्माण सेवाले  भ्याटसहित २० लाख ६३ हजार २२५ रुपियाँमा मङ्सिर ३० गतेसम्म सम्पन्न गर्ने गरि निर्माणको जिम्मा पाएको छ । असार १७ देखि काम सुरु हुनुपर्नेमा हालसम्म निर्माण कार्य सुरु नभएको भन्दै स्थानीयले कार्यालयको ध्यानाकर्षण गराएका छन् ।  

 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Sunday, Nov 01, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१