आईतवार, कार्तिक १६, २०७७ साल

बाँकेको खजुरा गाउँपालिकाका अध्यक्ष कक्षपतिले गरे बी–ग्रुपको प्रशंसा

लाेकप्रिय सन्देश २०७७ असोज २९ गते 1.79K

खजुरा,असोज  २९ ।     बाँकेको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले कोभिड– १९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि गैरसरकारी संस्था बी–ग्रुपको सहयोग प्रशंसनीय रहेको बताउनुभएको छ । बीग्रुपको आयोजनामा बिहिवार खजुरामा भएको कार्यक्रममा अध्यक्ष कक्षपतिले वि–ग्रुपले खजुरा गाउँपालिकालाई निरन्तर सहयोग गर्दै आएको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।  बालिका तथा युवा सशक्तिकरण परियोजना समीक्षा तथा जानकारी आदानप्रदान कार्यशाला र स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजनाको गाउँपालिका स्तरीय समन्वय बैठकमा गाउँपालिकाका उपाध्यक्ष एकमाया विक र प्रमुख प्रशासकीय अधिकृत मनिराम खरालले  वी–ग्रपबाट निरन्तर सहयोगको अपेक्षा गरिएको 
बताउनुभयो ।  
दुबै परियोजना बी–ग्रुपले प्रभावकारी रुपमा सञ्चालन गरिरहेको गाउँपालिकाले जनाएको छ । स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजना गाउापालिकाका वडा नम्बर १,२,३,४ र ८ मा सञ्चालन भईरहेको छ । वी–ग्रुपले विभिन्न सहयोग सामग्री स्थानीय सरकार र विपन्न समुदायलाई हस्तान्तरण समेत गर्दै आएको जनाएको छ ।  


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Sunday, Nov 01, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१