मंगलवार, मंसिर ९, २०७७ साल

सम्पन्न हुने चरणमा पुग्यो वाटरपार्क परियोजना

लाेकप्रिय सन्देश २०७७ कार्तिक २ गते 1.65K

नेपालगञ्ज, कात्तिक २ । नेपालगञ्ज उप–महानगरपालिकाको वडा नम्बर १ र १८ मा रहेको वाटरपार्क जग्गा एकीकरण परियोजना अन्तर्गतका जग्गाधनीहरुलाई स्थायी लालपुर्जा वितरण सुरु गरिएको छ । एक दशकपछि स्थायी प्रमाणपत्र प्राप्त गरेपछि जग्गाधनीहरु उत्साहित भएका छन् । 

नगर प्रमुख डा. धवलशम्शेर राणा, प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्काले आइतबार उप–महानगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा जग्गाधनीहरुलाई स्थायी लालपुर्जा हस्तान्तरण गर्नुभयो । जग्गाधनीलाई स्थायी लालपुर्जा हस्तान्तरण गर्दै नगर प्रमुख राणाले लामो समयको प्रयासपछि वाटरपार्क परियोजनाको सम्पूर्ण कानूनी प्रक्रिया पुरा भई सम्पन्न हुने चरणमा पुगेको जानकारी दिनुभयो ।  स्थायी पुर्जा वितरण सकिएलगत्तै सडक, खानेपानी, विद्युत लगायतका कामका लागि ८० करोड बढिको टेण्डर प्रक्रियामा रहेको जानकारी दिनुभयो । 


वाटरपार्क परियोजना अन्तर्गत घर निर्माणका लागि एकरुपता दिइने भएको छ । घरको डिजाईन र रङ एकै प्रकारको  हुने भएको छ । डेढ वर्षभित्र सम्पूर्ण रुपमा परियोजनाको निर्माण कार्य सम्पन्न गर्ने गरि तयारी भईरहेको नगर प्रमुख राणाको भनाई छ ।  २०६७ सालमा आयोजना स्वीकृत भएको हो ।  अब स्थायी पुर्जा प्राप्त भएपछि स्थानीयले घर निर्माण लगायतका अन्य कार्य गर्न पाउने भएका छन् । 


वाटरपार्क परियोजना अन्तर्गत ६६२ जनालाई स्थायी पुर्जा वितरण गरिदैछ । बाँकी रहेको जग्गा भने प्लटिङ गरि विक्रि गरिनेछ । वाटरपार्क परियोजना अन्तर्गत ६५ विघा जग्गा रहेको छ । जग्गाको न्यूनतम मुल्यांकन समेत भईसकेको छ । वाटरपार्क आयोजना अन्तर्गतका जग्गाधनी बलवहादुर चन्दले  नेपालगञ्ज नगर विकास समितिमा जनप्रतिनिधीहरुको नेतृत्व भएपछि काम तिव्ररुपमा सञ्चालन भई जग्गाधनी स्थायी पुर्जा पाउन सफल भएको बताउनुभयो । सहभागी जग्गाधनीले  नेपालगञ्ज नगर विकास समितिका अध्यक्ष समेत रहनुभएका नगरप्रमुख राणाको अथक प्रयासमा आफुहरुले स्थायी पुर्जा पाउन सकेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Tuesday, Nov 24, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१