मंगलवार, मंसिर ९, २०७७ साल

नेपालगञ्जको बालेगाउँमा फनपार्क रिसोर्ट सुरु

लाेकप्रिय सन्देश २०७७ कार्तिक ३ गते 401

नेपालगञ्ज,कात्तिक  ३ ।     नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १४ बालेगाउँमा एकीकृत रिसोर्ट सञ्चालनमा आएको छ । ३.५ विघा क्षेत्रफलमा फैलिएको मेरो प्लोनटभित्र चारवटा सेवा रहेको छ । रिसोर्टको चारैतिर हरियालीले ढाकिएको र विभिन्न कलाकृतिले सजाएर सौन्दर्यकरण गरिएको सञ्चालक पशुपति दयाल मिश्राले जानकारी दिनुभयो । रिसोर्टको सोमबार औपचारिक सुभारम्भ गरिएको छ ।  रिसोर्टमा रहेको हिप हिप हुर्रे सेवा अन्तर्गत विश्व स्तरीय फन पार्क रहेको छ ।  जहाँ विभिन्न जलक्रिडा र स्थलक्रिडा रहेको छ । 


यसैगरी चट्कारे सेवा अन्तर्गत विश्वमा पाईने विभिन्न परिकारहरु उपलब्ध गराउने भएको छ । यसैगरी  ३० हजार वर्ग फुटमा फैलिएको द व्हाईट कासल सेवा छ । जहाँ सानो र ठूलो गोष्ठी, सेमिनार, बैठक तथा जन्मोत्सव, बर्षगाँठ र शुभ विवाह जस्ता कार्यक्रम गर्न सकिन्छ ।  रिसोर्टभित्र रेष्टुरेन्ट एवम बार सेवा समेत रहेको छ । रिसोर्ट प्रत्येक दिन दिउसो ३ बजेदेखि राती १० बजेसम्म सञ्चालन हुनेछ । 


 १० प्रतिशत सेवा शुल्क  नलिएको रिसोर्टमा सुरुवातमा १० प्रतिशत छुट सुविधा रहेको छ ।  प्रबन्ध निर्देशक ओमप्रकाश मिश्राले करिब ३८ करोडको लागतमा फनपार्क निर्माण गरिएको जानकारी दिनुभयो । रिसोर्ट तथा फनपार्कमा अन्ति चरणको निर्माण कार्य पनि चलिरहेको छ । 
उद्घाटनमा सहभागी नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले नेपालगञ्जलाई चिनाउन फनपार्क सहयोगी हुने बिश्वास ब्यक्त गर्नुभयो । उद्घाटनमा विभिन्न क्षेत्रका अगुवा लगायत सहभागी थिए ।  


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Tuesday, Nov 24, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१