मंगलवार, मंसिर ९, २०७७ साल

यि हुन २९ लाख सहित पक्राउ परेका जुवाडेहरु

लाेकप्रिय सन्देश २०७७ कार्तिक १३ गते 1.84K
नेपालगञ्ज, कात्तिक १३ गते ।  प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ बसपार्क क्षेत्रमा रहेको एक घरमा छापा मारी  उन्नितस लाख बढि रुपियाँ सहित १० जना जुवाडेलाई पक्राउ गरेको छ । स्थानीय कृष्णप्रसाद सुवेदीको घरमा  जुवातास भईरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले २९ लाख ४८ हजार ७०० रुपियाँ सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउपर्नेमा नेपालगञ्जका प्रतिष्ठित ब्यवसायसी समेत रहेका छन् । 
 
नेपालगञ्ज १ का रहमान मिया, ४ का सन्तोष थापा, पब्लु भण्डारी,सन्तोष वली, तरुण गौतम, नविन घिमिरे, कृष्णवहादुर सुवेदी, ६ का  मेघनाथ कुचबन्दिया, १० का टोपवहादुर शाही,  ७ का   रविन राणालाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सुबास खड्काले  पक्राउ परेका ब्यक्तिहरुलाई मुलुकी अपराध संहित ऐन २०७४ को परिच्छेद ५ दफा १२५ बमोजिम कानुनी कारवाही हुने जानकारी दिनुभयो ।  
 

तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Tuesday, Nov 24, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१