मंगलवार, मंसिर ९, २०७७ साल

जुम्लाका डिएसपी काफ्ले कोरोना मुक्त

लाेकप्रिय सन्देश २०७७ कार्तिक १४ गते 452

नेपालगञ्ज, कात्तिक १४ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले कोरोना जित्न सफल हुनुभएको छ । असोज २५ गते कोरोना पोजिटिभ भएपछि एकान्तवासमा रहनुभएका काफ्लेले आफु कोरोना जित्न सफल भएको बताउँदै केही दिनमै नियमित कामकाजमा फिर्ता हुने जानकारी दिनुभयो । डिएसपी काफ्लेले जिल्लामा सरुवा भई जानासाथ अपराध नियन्त्रणका लागि सक्रियता देखाउनुभएको छ ।

चन्दननाथ मन्दिरबाट चारवर्षअघि हराएका पुरातात्विक महत्वका मुर्तीहरु काफ्ले जिल्लामा पुगेको केही दिनमै भेटिएका थिए । जिल्लामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा उहाँले खेलेको भूमिकाको जिल्लाबासीले प्रशंसा गर्दै आएका छन् । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Tuesday, Nov 24, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१